काठमाडौं- आज पाच बजे सिंहदरवारमा बस्ने गरि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाइएको प्रधानमन्त्री सचिवालयले जानकारी गराएको छ । आज नयाँ प्रधानन्यायाधीस सिफारिसको विषयमा छलफल गर्नका लागि संवैधानिक परिषद्को बैठक डाकिएको हो ।

भदौ २० गते नै न्याय परिषद्ले ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो । उक्त सूचीमाथि छलफल गर्नका लागि आज बैठक बोलाइएको हो । । न्यायापरिषद्ले सिफारिस गरेका ८ जना मध्येबाट एक जनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने हुन्छ ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीस नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!