सिरहा । सिरहाको गोलबजार नगरपालिकाले प्रत्यक वर्ष झैं यस पटक पनि हाटबजार ठेक्का लगाएको छ । जिल्लाको कृषि उपज र पशुहाटबजारको हब बन्दै गएको गोलबजारमा नगरपालिकाले ठेक्का लगाएको छ ।

गोलबजार नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ लाख ११ हजारमा मानकी निर्माण सेवाका संचालक मोहन यादवलाई ठेक्का दिएको छ । नगरपालिकाले पशुहाट बजारमा गाइ, गोरु, भैसी, पाडा, पाडि, बाछा, बाछी किनबेचन गर्नेसँग २५० रुपैयाँको दरले गरि जोडीको ५ सय लिने गरी ठेक्का दिएको छ । त्यस विपरीत ठेकेदारले किसान र व्यवसायीसँग रकम असुल्दै आएको छ । नगरपालिकाको नियमलाई धज्जी उडाउदै ठेकदारले मनपर्दी रकम उठाउदै गरेको खुलासा भएको छ । यसले गर्दा सेवाग्राही प्रत्यक्ष रुपमा मारमा परिरहेका छन् ।

४७ हजारमा हजारमा दुई थान बाछा किनका लागि एक जना सेवाग्राहीले ६ सय रुपैया तिर्नुपरेको गुनासो गरेका छन् । प्रत्येक बजार आउदा बाछा किन्दा बजार लेखाइ ६ सय जोडीको तिर्दै आएको सेवाग्राही रामबृक्ष दासले बताए । एउटा पाडि आफुले २६ हजारमा बिक्री गरेको र बजार लेखाउन जादा ३५० रुपैया तिर्नु परेको अर्का किसान रामदियाल सिंहले बताए । शुल्कभन्दा वढी रकम नलिन आग्रह गरेपनि कुनै वास्ता नगरेको र ३५० रुपैया नै लिएको उनले बताए ।

नगरपालिकाले प्रत्यक गाइ, गोरु, बाछा, बाछी, पाडा, पाडि, भैसीको जोडी खरिद बिक्रीमा ठेकेदारले ५ सय रुपैयाँ लिने गरी शुल्क निर्धारण गरेको छ । नगरपालिकाले तोकेको शुल्क भन्दा बढी ठेकेदारले उठाउदै आएपनि नगरपालिका मौन रहेको छ । रकम लिएपछी बिलमा समेत उल्लेख नगर्ने ठेकेदारले मनोपोलीको किसानले विरोध गर्दै आएको छ ।

यता, नगरपालिकाले तोकेको शुल्क भन्दा बढी रकम कुन अधारमा तपाइले उठाइराख्नु भएको प्रश्नमा ठेकेदार मोहन यादवले भने, ‘नगरपालिकाले तोकिदिएको दररेटमै आफुले रकम उठाउने गरेको छु ।’
यता, गोलबजार नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत सुबोध लामाले पशुहाट बजारमा ठेकेदारले बढी शुल्क उठाउदै गरेको कुरो हामीले कुनै किसानवाट गुनासो नसुनेको बताए । ‘त्यस्तो गरेको गुनासो आएको छैन,’ उनले भने, ‘सम्बन्धित कर्मचारीलाई खटाएर अनुगमन गर्छौ । कानुन विपरीत भेटिएमा कार्वाही गर्छु ।’ नगरपालिकाले शुल्कको बोर्ड किन बजारमा नराखेको भन्ने प्रश्नमा अधिकृत लामाले भने, ‘यस समबन्धमा सम्वन्धित शाखा प्रमुखसँग जानकारी लिनुपर्छ । सूचना बोर्ड राख्नुपर्छ ।’

स्थानिय सरकारको नियम कानुनलाइ नै धज्जी उडाएर ठेकेदारले मनपर्दी रकम उठाईरहदा पनि सम्वन्धित निकाय मौन बस्नुले शंका उब्जयाएको स्थानीय नागरिक अगुवाहरुको भनाई छ । ठेकेदारसँग मिलेर जनप्रतिनिधिले आर्थिक लाभ लिएको जस्तो लाग्ने गरेको गोलबजारका स्थानीय एक अगुवाले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!