काठमाडौँ ।  काठमाडौँसहित पाँच जिल्लामा पाँच सयभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । डेंगु फैलिएका ७५ जिल्लामध्ये तनहुँ, कास्की, पर्वत, चितवन र काठमाडौँमा पाँच सयभन्दा बढी डेंगु सङ्क्रमित रहेका हुन् ।

ईडीसीडीका अनुसार हालसम्म तनहुँमा १ हजार ११६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।  यस्तै, कास्कीमा ६४५, पर्वतमा ५८७,  चितवनमा ५१७ र काठमाडौँमा ५११ जनामा डेंगु सङ्क्रमण देखिएको छ । जसअनुसार यी जिल्लामामात्रै ३ हजार ३७६ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।

मध्य माघयता ६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण भइसकेको पनि ईडीसीडीले जनाएको छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ । डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!