मुख्यमन्त्री सिंह, रामकुमार शारडा र उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा साँझ साढे ८ बजे अचानक पुगेका थिए । अस्पताल छिरेर उनले अस्पतालको समग्र अवस्थाका बारेमा जानकारी लिएका छन् ।

उनले चिकित्सक एवं कर्मचारीसँगै सेवाग्राहीसँग पनि कुराकानी गरे । यस्तै, उनले अस्पतालको निरीक्षण पनि गरे । मुख्यमन्त्री सिंहले अस्पतालमा सेवा प्रवाह, सरसफाई, चिकित्सक कर्मचारीको अनुपस्थितिलगायतका समस्या देखिएको बताए ।

मुख्यमन्त्री सिंहले यी समस्याहरू तत्कालै समाधान गर्न अस्पताल प्रशासनलाई निर्देशनसमेत दिएका छन् । यस्तै, अस्पतालमा मनलाग्दी अनुपस्थित हुने कर्मचारीलाई स्पष्टीकरणसमेत सोधिने उनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय