काठमाडौं। युक्रेनमा रुसले लगातार आक्रमण गरिरहेको छ । पछिल्लो पटक रुसका १५ ड्रोनलाई नष्ट गरेको युक्रेनी सेनाले दाबी गरेको छ ।
युक्रेनी वायु रक्षा बलले राजधानी किभलगायत विभिन्न क्षेत्रमा १५ ड्रोनसहित केही मिसाइल नष्ट गरेको दाबी गरेको हो ।

रुसले रातभर गरेको आक्रमणमा कम्तिमा ४ जनाको मृत्यु भएको छ । सम्पूर्ण राष्ट्र नै ब्यालिस्टिक हतियारको खतरामा भएको युक्रेनी वायु रक्षा बलले जनाएको छ।
सोमबार रुसले युक्रेनमाथि सुरु गरेको भीषण आक्रमणलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ ।
रातभरमा रुसले कुल ८१ ड्रोन र १० मिसाइल प्रहार गरेको थियो। जसमध्ये ५ मिसाइल र ६० ड्रोन नष्ट गरेको युक्रेनी वायु बलले जनाएको छ।




