जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा आइतबारदेखि सुरु भएको छ । एक समारोहबीच जिल्ला समन्वय समितिका सभापति राजनन्दन प्रसाद मण्डलले सो कार्यक्रमको उद्घाटन गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै सभापति मण्डलले मधेस प्रदेशमा स्वास्थ्य बिमा गराउने संख्या निकै न्यून रहेको बताए । उनले भने, मधेसमा ११ प्रतिशतको हाराहारीमा मात्रै नागरिकहरुले स्वास्थ्य बिमा गराएको तथ्यांक छ । जबकि बागमति लगायतका प्रदेशमा ८५ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गराएका छन् । उनीहरु यो कार्यक्रमबाट निकै लाभ लिरहेका छन् । त्यसैले सफल मानिएको सरकारको यो फलदायी कार्यक्रमबाट यहाँका नागरिकहरुले पनि लाभ लिनसक्नुपर्ने उनले बताए ।

उनले कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका जनप्रतिनिधिहरुलाई पालिकाबाटै बीमा प्याकेजको घोषणा गरी यो कार्यक्रमलाई प्रभावकारी बनाई नगरबासीलाई सहजता प्रदान गरिदिन आग्रह गरे । क्षिरेश्वरनाथ नगरपालिकाकै स्थानीयसमेत रहेका प्रमुख अतिथि सभापति मण्डलले जानकी मेडिकल कलेज स्थापना भएपछि यस गाउँका करिब ४ दर्जन बिद्यार्थीहरु डाक्टर भएकोमा कलेजप्रति गौरवान्ति महसुस गरे । उनले भने, यहाँ यो मेडिकल कलेज भएर रमदैयाका जनताहरुमा चिकित्सा शिक्षा शिक्षाप्रति चासो बढेको छ ।

यस कलेजले प्रत्येक वर्ष एकजना स्थानीयलाई ५० प्रतिशत छात्रावृत्तिमा एमबिबिएस पढाउने गरेका छन् ।

गत जेष्ठ २२ गते भएको सम्झौता अनुसार कलेजमा भदौ १ गतेदेखि नै लागु भएपनि यो कार्यक्रम आजदेखि विद्यिवत रुपमा सुरु गरिएको कलेजका अस्पताल निर्देशक डा.धर्मदत्त सुवेदीले जानकारी दिएको छ । उनका अनुसार यस कलेजमा स्वास्थ्य बिमा कार्यक्रम लागु भएपछि यहाँबाट स्वास्थ्य सेवा लिने बिरामीलाई निकै सहुलियत हुने बताए । ग्रामिण भेगमा संचालित कलेजको अस्पतालबाट यस क्षेत्रका थोरै पैसा हुनेहरूका लागि यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

स्वास्थ्य बीमा बोर्डको बीमा गराएका व्यक्तिले अस्पतालमा उपचार सुविधामा लिएमा ज्येष्ठ नागरिकले १ लाखसम्मको उपचार निःशुल्क र बाँकीका बिरामीहरुले उपचार वापतको २० प्रतिशत रकम मात्रै तिर्नुपर्ने कार्यक्रममा प्रावधान रहेको निर्देशक डा. सुवेदीले बताए ।

निर्देशक डा. सुवेदीका अनुसार यस कार्यक्रममार्फत बिरामीहरुलाई २० भन्दा बढी सुपर स्पेसलिष्ट सेवा अस्पतालबाट उपलब्ध गराईनेछ ।

उनले बीमाबाट उपचार सेवा लिँदा सेवाग्राहीहरुको पैसाको पनि बचत हुने बताए । यतिमात्र होईन निर्देशक डा. सुवेदीले यो कार्यक्रम सुचारु भएपछि यहाँ आउने बिरामीहरुले थोरै रकममा धेरै सेवा लिन समेत पाउने बताए ।

“स्वास्थ्य बीमा कार्यक्रम विशेषगरी विपन्न वर्ग व्यक्तिहरुका लागि बरदानका रुपमा विभिन्न ठाउँमा साबित भएको छ, उनले भने, यहाँका सेवाग्राहीहरु पनि यसको लाभ लिन पाउ भनी हामीले हाम्रो अस्पतालमा यो कार्यक्रम लागु गरेका छौं।” मधेस प्रदेशको विभिन्न जिल्लाहरुबाट यस अस्पतालमा बीमा गरेका बिरामीहरु गरेको तर, बीमाको सुविधा नहुँदा समस्या पर्ने कुरालाई मध्यनजर गरी स्वास्थ्य बीमा लागू गरिएको गरेको बताए । उनले भने, ‘इमर्जेन्सीमा आउने बाहेकले पहिलो विन्दु तोकिएको अस्पतालबाट रिफर ल्याउनुपर्ने हुन्छ ।’

बीमा कार्यक्रम सुचारु भएपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि बढ्ने विश्वास उनको छ ।

यहाँबाट १२ किलोमिटरको दुरीमा रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा पनि यो कार्यक्रम चलिरहेको छ, निर्देशक डा. सुवेदीले बताए । तर त्यहाँ विरामीको चाप बढी भएर घण्टौ लाईन बस्नुपर्ने बाध्यताले स्वास्थ्य सेवा लिने नागरिकलाई अप्ठयारो हुने गरेको छ। अब यहाँ यो कार्यक्रम सुरु भएपछि सर्वसाधारण नागरिकहरुलाई सो सेवा लिन निकै सहज हुने उनले बताए ।

दुई दशक बढीदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गर्दै आएको कलेजले अस्पतालमा गत आर्थिक बर्षमा २ करोड ११ लाख ६० हजार रुपैयाँ बराबरको निःशुल्क गरेको जानकारी दिएको छ । विपन्न, असाहय र गरीबलाई उपचारमा छुट गरिएको कलेज प्रशासनले जनाएको छ ।

कलेजको अस्पतालबाट गत आर्थिक वर्षमा ओपीडीबाट १ लाख १३ हजार ५१ जनाले सेवा लिएको जनाइएको छ । त्यसमध्ये ६४ हजार नयाँ र ४८ हजार जना फलोअप बिरामी रहेको छ । सो अवधिमा ५ हजार ३ सय २७ जनाले आकस्मिक सेवा लिएको अस्पतालले जनाएको छ ।

५१० शैय्याको यस अस्पतालबाट गत आर्थिक वर्षमा ४ हजार २ सय ९७ जनाले जटिल प्रकृतिका शल्यक्रिया गरिएको कलेजले जनाइएको छ ।

कलेजले नयाँ ओटी कम्प्लेक्स मधेस प्रदेशकै सबैभन्दा ठुलो आइसियु, एसआइसियु, सिसियु बिभाग लगभग २ महिनाभित्र चालु गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!