अपन दैनिक
श्रावण २०, २०७६ मा प्रकाशित
२१ पटक पढिएको

महोत्तरी/ प्रदेश सरकारले महोत्तरीको तीन स्थानीय तहमा आईतवार राहत वितरण गरेको छ । महोत्तरीको बलवा नगरपालिका, सम्सी गाउँपालिका र मनरा सिशवा नगरपालिकाको केही वडाहरुमा राहत वितरण गरिएको हो ।

प्रदेश नं. २ कै सबभन्दा बढी बाढी प्रभावित क्षेत्र महोत्तरी जिल्ला रहेको मुख्यमन्त्री कार्यालयले नै जनाएको छ । मानवीय क्षेत्र रौतहटमा भएको छ भने भौतिक तथा कृषिको क्षति महोत्तरी जिल्लामै भएको हो । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाको अगुवाईमा भएको राहत वितरण कार्यक्रममा संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश २ को आन्तिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको विशेष उपस्थितिमा राहत वितरण गरिएको हो ।

बलवा नगरपालिकाको वडा नंं ५ र ६ मा गरी २ सय ५० परिवारलाई, मनरा सिशवाको वडा नं. ३ ११५ परिवार, वडा नं. ५ मा एक परिवार, सम्सी गाउँपालिकाको वडा नं. ४ मा ११५ परिवार, वडा नं. ५ मा १२० परिवारलाई राहत वितरण गरिएको हो । तीनवटा पालिकामा गरी ७ सय बाढी पीडित परिवारलाई राहत वितरण गरेको छ । राहतमा पच्चीस किलो चावल, एक थान किरपाल, एक थान झुल र चार किलो दाल गरी २५ सय २७ रुपैया प्रति परिवारलाई राहत वितरण गरिएको जनाएको छ ।

असार मसान्तको अन्तिमसत्तादेखि शुरु भएको वर्षाको कारण आएको बाढीले महोत्तरीमा मात्र आठ हजार बढी घर बाढी प्रभवित भएको हो । ती मध्ये ५२ सय घर परिवार पूर्ण रुपमा विस्थापित भएको राज्यमन्त्री कुशवाहाले जनाएका छन् ।

यता स्थानीयहरुले प्रदेश सरकारले ‘उटको मुहमा जिराको फोरन’ गर्ने गरी राहत वितरण गरेको आरोप लगाएका छन् । स्थानीयहरुले तीन तहको सरकार भएपनि राहत वितरणमा कन्जुस्याई गरेको बताएका छन् । बाढीबाट विस्थापित परिवारहरुलाई तत्काल राहत वितरणका साथै पुर्नस्थापना गर्नका लागि मन्त्रीहरुसँग आग्रह समेत गरेको छन् । उनीहरुले प्रदेश सरकारले जुन प्रकारले राहत वितरणमा तादरुकता अपनाउनुपर्ने थियो त्यसमा कन्जुस्याई गर्ने गरेको सुझाएका छन् ।

यता संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले संघीय सरकारले बाढी पीडितहरुलाई तत्काल राहतको व्यवस्थापनाका साथै पुर्नस्थापनाका लागि समेत दीर्घयामी योजना बनाउन लागेको बताएका छन् । उनले आफ्नो संसदीय बजेटबाट महोत्तरीमा गरेको विकासको बारेमा चर्चा गर्दै बाढी पीडितले भोगेको दुःखकष्टको बारेमा संघीय सरकारलाई जानकारी गराई सकेको बताएका छन् ।

त्यस्तै प्रदेश सरकारका कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले राहत वितरण कार्यक्रममा बाढीबाट सबभन्दा बढी प्रभावित क्षेत्र महोत्तरी नै रहेको ठोकुवा गर्दै यस प्रदेशमा अर्बको क्षति र ३८ जनाको मानवीय क्षति भएको जानकारी गराएका छन् । उनले यसका लागि प्रदेश सरकारले अल्पकालिन तथा दीर्घकालिन योजना बनाउन लागेको बताएका छन् । मन्त्री यादवले बाढी लगायतको आपतकालिन घटनालाई न्यूनिकरणका लागि प्रदेश सरकार योजना निर्माणमा लागि सकेको बताएका छन् ।

त्यसैगरी राज्यमन्त्री कुशवाहाले मुख्यमन्त्रीले महोत्तरीको बाढी क्षेत्रमा अनुगमानको क्रममा गरेको प्रतिबद्धता अनुसार राहत वितरण कार्य शुरु गरेको बताएका छन् । उनले तत्कालका लागि मात्र यो राहत वितरण गरेको भन्दै पुर्नस्थापनाका लागि पनि योजना ल्याउन लागेको जिकिर गरेका छन् ।

बाढीलाई न्य्रनिकरण गर्नका लागि चुरे संरक्षण, नदी नालालाई सफाई र तटबन्दका लागि दीर्घयामी योजना बनाउन लागेको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!