सिरहा । पवित्र कमला नदीमा विगत १३ वर्षदेखि निर्माणधीन अवस्थामा रहेको पक्की पुलवारेमा बारा जिल्लाको दुई जना युवाहरुले संघीय पूर्वाधार मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर युवाहरुले विभागिय मन्त्रीलाई पुल निर्माणमा ध्यान दिन ज्ञापन पत्र बुझाएका छन् । युवाहरु विष्णु शर्मा र विकास यादवले संयुक्त रुपमा हस्ताक्षर गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषाको सीमा नदीको रुपमा रहेको कमला नदीमा विगत १३ वर्षदेखि निर्माणधीन रहेको पुल नबन्दा दुर्घटनाको जोखिम मोलेर लामो यात्रा गर्नुपरेको उनीहरुले मन्त्री दाहाललाई ध्यानाकर्षण गराएका छन् । सिरहा सदरमुकामबाट मधेश प्रदेशको राजधानी ३२ किलोमीटरको दुरीमा भएपनि पुल बन्न नसक्दा तीन गुणा अर्थात ९० किलोमीटरको यात्रा गर्नुपर्ने अवस्था रहेको उल्लेख गरेका छन् ।

समयमै पुल पुर्ननिर्माण गर्नुपर्ने, पुर्ननिर्माण गर्न नसकिए सम्बन्धित ठेकेदारलाई कारबाही गरी नयाँ पुल निर्माणको प्रकृया अगाडी बढाउन उनीहरुले मन्त्री दाहाललाई बुझाएको ज्ञापन पत्रमा माग गरेको छ । ज्ञापन पत्र बुझ्दै मन्त्री दाहालले यसबारे जानकारी लिएर आवश्यक प्रकृया अगाडी बढाउने युवाद्वयलाई आश्वासन दिएका छन् । उनले ज्ञापन पज्ञमा ‘आवश्यक कारबाही अगाडी बढाउन’ सचिवको नाउँमा तोक आदेश गरेको छ ।

यता कमला नदीको पुलको सन्दर्भमा गठन गरिएको संघर्ष समितिले मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई कमला आसपास क्षेत्रका हजारौं नागरिकको सहभागितामा जुलुस निकाल्दै ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!