हुलाकी राजमार्गलाई सिरहा–धनुषा जोड्ने गरी पवित्र कमला नदीमा विगत १३ वर्षदेखि निर्माणधीन पुलको निर्माण कार्य पूरा गराउने उदेश्यल सुरु भएको ईन्जिनियरहरुको आन्दोलन अन्तर्गत आज बृहत र्‍याली निकाल्ने कार्यक्रम रहेको छ । मधेशको लाईफलाईन मानिने यो पुल निर्माण गराउनका निम्ति दबाब सिर्जना गर्नका लागि सिरहाको बसबिट्टा चौकदेखि सयौंको संख्यामा मोटरसाइकल र्‍याली निकाल्दै जनकपुरधाम पुग्ने कार्यक्रम रहेको छ ।

संघर्ष समिति र यस आन्दोलनमा समर्थन जनाएका सबै राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि यो बृहत ¥यालीमा सहभागि हुनेछ । ¥याली हुलाकी राजमार्ग हुँदै जनकपुरधाम गएर जनकपुरधामको परिक्रममा गर्दै मधेश प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक ईन्जिनियर प्रविण कुमार यादवले अपन दैनिकलाई जानकारी दिए ।

यस र्‍यालीमा बढी भन्दा बढी सहभागि भएर थप दबाब मुलक बनाईदिन उनले सबैमा आग्रह गरेको छ । कमला पुल नबन्दा सिरहा र सप्तरीका सर्वसाधारणलाई आफ्नै प्रदेशको राजधानी जनकपुरधाम पुग्न निकै कठिनाई भोग्नु परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय