सिरहा – सिरहामा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका- ६ बस्ने २४ वर्षीय विनय सिंह र भारतको बिहार राज्य जिल्ला मधुवनी चौपाया ४ बस्ने ३४ वर्षीय रोशनकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

दुवै जनालाई ब्राउन सुगर १०३ ग्रामसहित पक्राउ गरिएको प्रहरी निरीक्षक दिपककुमार सिंहले जानकारी दिए।

बरियारपट्टी गाउँपालिका- ३ हुलाकी सडक खण्डभन्दा ५० मिटर दक्षिण पेट्रोल पम्पस्थितमा लागूऔषध बिक्रिवितरण भइरहेको गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय बरियारपट्टी सिरहाबाट खटेको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर बरामद गरेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!