आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ मन्दिर सहित मुलुक भरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्ति पूर्वक पूजा गर्छन् ।

साउनको दोस्रो सोमबार बिहान पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा गर्न लामवद्ध भक्तजन । तस्बिर : हरिराम भेटुवाल /रासस




