गत जुलाई १४ मा पेन्सिलभेनियामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट उनको कानमा सामान्य चोट लागेको थियो ।
उक्त आक्रमणपछिको पहिलो चुनावी र्यालीमा सहभागी हुँदै ट्रम्पले भने, ‘म आज यहाँ नहुनु पर्ने हो तर केही विशेष भयो । गत हप्ता मैले लोकतन्त्रका लागि गोली खाएँ ।’ कानमा ब्यान्डेज लगाएका ट्रम्पले करिब २ घण्टा भाषण गरेका थिए ।





