सिरहा, ३० असार । प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका ५, झाझँपट्टीबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
सिरहाको सखुवानान्नकारकट्टी गाउँपालिका–१ बस्ने २६ वर्षीय सुरेश कुमार चौधरी र २८ वर्षीय दिनेश कुमार चौधरी पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय झाझँपट्टी र वि.ओ.पि. नवराजपुरबाट खटीएको संयुक्त चेक पोइन्ट टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको स७प ७८९९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल चालक सुरेश कुमार चौधरीले शरिरमा लुकाई छिपाई राखिएको म्ष्बशभउबm क्ष्लवभअतष्यल द्दm िको २५ पिस, एचयmभतजबशष्अ जथमचयअजयिचष्मभ क्ष्लवभअतष्यल द्दm िको २५ पिस र नाम उल्लेख नभएको द्दm िको २५ पिस फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्ति सापकोटाले जानकारी दिए ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय