हेटौंडा — लागूऔषधसहित मकवानपुर प्रहरीले बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको छ । दुवै सवारी साधनका चालकहरु फरार भएका छन् ।

प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका-५ स्थित चैनपुर-मनहरीको भित्री सडकमा मनहरीतर्फ आउँदै गरेको बा ६ च ८२५९ बोलेरो गाडी र बा प्र ०६—००१प ५५८९ नम्वरको मोटरसाइकललाई पछ्याएर नियन्त्रणमा लिएको थियो ।

प्रहरीले बोलेरो गाडीलाई चेकजाँच गर्दा बीच भागको सिटमा लुकाइ छिपाइ ल्याएको रातो प्लाष्टिकले बेरेको १० वटा पोका प्याक गरिएको ४० केजी गाँजा बरामद गरेको थियो ।

प्रहरीले मोटरसाइकल र गाडी नियन्त्रणमा लिएर खोजतलास गर्ने क्रममा बोलेरो गाडीमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए । फरार भएका दुवै चालकलाई प्रहरीले खोजी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय