
सिरहा । लुथरन वल्र्ड फेडरेशनको आर्थिक तथा प्राविधिक सहयोगमा जनचेतना अभियान नेपालद्धारा सिरहा नगरपालिकामा संचालित सामुदायिक सशक्तिकरण तथा विकासका लागि स्थानीय प्रयास (लाइसेड) परियोजना अन्तर्गत साना व्यवसायी र विद्यार्थीहरुलाई विभिन्न सामग्रीहरु वितरण गरिएको छ ।

नगरपालिकको वडा नम्बर ३, १०, १४, १९ र २२ मा विभिन्न सहायता सामग्री वितरण गरिएको छ । बिहिबार सो वडाहरुका लक्षित समुदायका ७ जना साना व्यवसायीहरुलाई उनीहरुको व्यवसाय बृद्धिका लागि व्यवसायको प्रकृति अनुसार सहयोग सामग्री वितरण गरिएको छ । त्यसै गरी १० जना साना व्यवसायीहरुलाई स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन टेवा पुग्ने सरसफाई तथा स्वास्थ्य सामग्री वितरण गरिएको जनाइएको छ ।
परियोजना अन्तर्गत चार वटै वडाका विद्यालयहरु श्री जनता अधारभुत विद्यालय लवटोली, श्री जनता आधारभुत विद्यालय सहर्वा सन्हैठा, श्री जना अधारभुत विद्यालय हकरापामा शैक्षिक सामग्री, खेल सामग्री र १ वटा विद्यालयमा व्यवस्थित खानेपानीका लागि पानी ट्यांकी, मोटर लगायतका सरसफाई सामग्री प्रदान गरिएको छ ।
आयोजक संस्थाद्धारा अन्य ७ वटा विद्यालयहरुमा सरसफाईका लागि आवश्यक सामग्री प्रदान गरिएको छ ।
सामग्री वितरण कार्यक्रममा प्याक नेपालका कोषाध्यक्ष भुमा लामा, लेखा प्रशासन अधिकृत सतिश यादव र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो ।