
सिरहा । सूचनाको हक सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सिरहामा शुक्रवार सम्पन्न भएको छ । बास नेपाल सिरहाले सूचनाको हक प्रयोग गर्ने, बिधि, प्रक्रिया, यसको आवस्यकता, महत्व, संबैधानिक र कानूनी ब्यवस्था बारे जानकारी गराउने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा पत्रकार, सूचनाका अभियन्ता र नागरिकगरी ४० जनाको सहभागिता रहेको थियो।
शिक्षा बिकास तथा समन्वय इकाई सिरहाका इकाई प्रमुख दिपकराज कलौनी प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको सहजीकरण सूचनाको हकका अभियन्ता परशुराम साहले गरेका थिए ।

बास नेपाल सिरहाका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा , सूचनाको हक प्रचलनमा खेलेको महत्वपूर्ण भुमिकाको मूल्याकंन गर्दै राष्ट्रिय सम्मान प्राप्त गरेका सूचनाको हकका अभियन्ता परशुराम साहलाई शिक्षा बिकास तथा समन्वय इकाई सिरहाका इकाई प्रमुख दिपकराज कलौनीले सम्मान -पत्र सहित गमछा ओढाएर सम्मान गरेका हुन । साह हालै राष्ट्रिय सूचना आयोगको सिफारिसमा राष्ट्रपतिबाट उत्कृष्ट सूचना अभियन्ता पुरस्कारवाट पुरस्कृत भएका छन । साहले थालेको अभियानका कारण प्रत्येक सार्वजनिक निकाय सूचना अधिकारी तोकी सूचना अधिकारीको फ्लेक्सबोर्ड सार्वजनिक गरेका छन भने सूचना मांग्ने र पाउने संस्कृतिको बिकास भएका छन।
कार्यक्रममा सूचनाको हक प्रचलनमा महत्वपूर्ण भुमिका खेलेको भन्दै, बासले इकाई प्रमुख कलौनी मार्फत बासको पूर्व अध्यक्ष गोबिन्दबहादुर बिष्ट, दिपेन्द्र यादव, रोहन साहलाई सम्मान गरेका हुन।