काठमाडौँ – कांग्रेस सांसद तेजुलाल चौधरीले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभा बैठकमा शुक्रवार वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले चुरे क्षेत्रको वन मासिँदै गएकोमा चिन्ता व्यक्त गरे।

उनले त्यसको उचित संरक्षणमा ध्यान पुर् याउन पनि सरकारलाई दबाब दिए। राष्ट्रपति चुरे संरक्षण कार्यक्रम तराई मधेसको ठूलो र उत्कृष्ट कार्यक्रम भए पनि त्यो ५–७ वर्षदेखि राम्रो हुन नसकेको सांसद चौधरीको भनाइ थियो।

उनले तराई/मधेसको भारतसँगको सीमा क्षेत्रमा एनटिसीको मोबाइल सेवा टिप्न नसकेको गुनासो गर्दै त्यसको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

उनले एनसिटी मोबाइल सेवा सहज ढंगले सञ्चालन हुने वातावरण बनाउने काममा सरकारले ढिलाइ गर्न नहुने पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!