मुम्बई । बलिउड अभिनेत्री सोनाक्षीको विवाह हुने चर्चा अहिले बलिउडमा चलिरहेको छ । उनको यही महिनाको २३ तारिकमा विवाह हुने चर्चा चलेको हो छ । अभिनेत्री सोनाक्षीलाई विवाह कहिले हुँदैछ भनेर सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले चाँडै हुँदैछ भनेर हालै जवाफ दिएकी थिईन् । सो जवाफ पछि उनको विवाहको चर्चा चुलिएको हो ।
अभिनेत्री सोनाक्षी सिन्हा केही समयदेखि प्रेमी जहीर इकबालसँग प्रेम सम्बन्धमा छिन् । उनीहरुले विवाह गर्न चाहेको तर परिवारले त्यसलाई वेवस्ता गरेको बताईएको छ ।
अभिनेताबाट राजनीतिज्ञ बनेका शत्रुघ्न सिन्हाले आफ्नी छोरी सोनाक्षीको विवाह’bout आफु बेखबर भएको बताएका छन् । यसै साता भाजपाबाट चुनाव जितेर पुन साँसद बनेका सत्रुघनलाई उनको छोरी विवाहमा बाँधिँदैछिन भन्ने’bout सञ्चारकर्मीले प्रश्न गरेका थिए । सो वारे बोल्दै सो विवाहको वारेमा आफुलाई कुनै जानकारी नभएको बताएका छन् । बुबा भएको हिसावले छोरीको विवाहको ’boutमा जानकारी त हुनुपर्ने हो नी ? आफुलाई नै सो ’boutमा जानकारी नभएको उनले बताएका छन् ।
तर सोनाक्षी र जहीरले एक नीजि समारोहमा विवाह गर्ने ’bout जिज्ञासा राखेपछि सो वारे नायिका सोनाक्षीले नै पुष्टी गर्ने जवाफ सत्रुघनले दिएका छन् । यो कुराले पनि सोनाक्षी र जहीरको प्रेम सम्बन्धिप्रति सत्रुघन खुसी छैनन भन्ने बुझिन्छ ।