काठमाडौं । काठमाडौँ महानगरपालिकाले नेपाली सेनामा जाँच दिएर फेल भएकालाई नगर प्रहरीमा भर्ना गर्ने भएको छ ।

महानगरपालिकाले करार सेवामा नियुक्ति गर्नेगरी १३७ जना नगर प्रहरी जवान माग गरेको छ । नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०–८१–०२ मा वैकल्पिक सूचीमा परेकालाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त माग गरेको हो ।

नेपाली सेनाको वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरू मध्ये इच्छुक उम्मेदवारले ७ दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!