काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा प्रहरीले धादिङकी शोभा पाठकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले नेपाल प्रेसलाई जानकारी दिए । पाठक विरुद्ध सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गर्ने कार्य भएको भन्दै ब्यूरोमा उजुरी परेको थियो ।

पक्राउ परेकी पाठकले नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै उजुरीसमेत दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!