काठमाण्डु – सुदूरपश्चिम सरकारमा मन्त्री पठाउने विषयमा माओवादी सुदूरपश्चिम संसदीय दलमा लफडा भएको छ । माओवादी सुदूरपश्चिम संसदीय दलका नेता मानबहादुर धामीले दलमा छलफल नै नगरी मन्त्री पठाएको भन्दै अर्का नेता खगराज भट्ट र उनी पक्षका सांसद्हरूले असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गरेका छन् । सांसदले मन्त्री नियुक्ति रोक्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र बुझाएका छन् ।

माओवादी सांसदहरू भट्ट, झपटबहादुर साउद, शिवसिंह ओली, रमेशसिंह धामी र जानकी कुँवर पौडेलले विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका हुन् ।

एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको सरकारमा माओवादी दलका नेता धामीले ओमविक्रम भाटलाई सामाजिक विकासमन्त्री र लक्ष्मी बिक र अक्कल रावललाई विनाविभागीय मन्त्री बनाउन सिफारिस गरेपछि असन्तुष्टि बढेको हो ।

सुदूरपश्चिममा आजै मन्त्रालय विभाजन गरेर मन्त्रीपरिषद विस्तार गर्ने तयारी छ । सुदुरपश्चिममा मुख्यमन्त्री सोडारीले भौतिक फुटाएर शहरी उर्जा, तथा खानेपानी र सामाजिक फुटाएर शिक्षा खेलकुद र स्वास्थ्य सामाजिक बनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!