जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गर्दै जनमत पार्टीबाट त्रिभुवन साहलाई वनमन्त्री बनाएका छन् । यस्तै मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले त्यही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।
आज नियुक्त मन्त्रीहरूको शपथ केहीबेरमा प्रदेश प्रमुखको कार्यालयमा हुँदैछ । योसँगै मधेशको मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ ।



