काठमाण्डु – सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले हेर्न नमानेपछि कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

न्यायाधीशत्रय सुनिलकुमार पोखरेल, प्रकाशकुमार ढुङ्गाना र अब्दुल अजिज मुसलमान रहेको पूर्ण इजलासमा मुद्दा तोकिएको छ । पूर्ण इजलासमा तोकिएका न्यायाधीशमध्ये पोखरेलले यसअघि कोशीकै विवादमा फैसला गरिसकेकाले मुद्दा हेर्न अस्वीकार गरेपछि सुनुवाइ स्थगित भएको हो ।

इजलासमा मुख्यमन्त्री हिक्मत कुमार कार्की पक्षका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पोखरेलले मुद्दा हेर्न मिल्ने कि नमिल्ने भनेर प्रश्न उठाएपछि उनले अन्य न्यायाधीशहरुसँगको छलफलपछि अलग हुने निर्णय लिएपछि सुनुवाइ स्थगित भएको हो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले गएको बुधवार पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।

एउटा मुख्यमन्त्रीलाई पदमुक्त नगरी संविधान विपरीत अर्को मुख्यमन्त्रीको नियुक्ति भएको भन्दै केदार कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश माग गरिएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई संसद्को सङ्कल्प प्रस्ताव, मुख्यमन्त्री बनाउँदा समर्थन दिएका एमालेका सांसदहरूले समर्थन नरहेको भनी प्रदेश प्रमुखलाई गराएको जानकारी र विश्वासको मत नलिएको आधारमा हटाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!