काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच लोकसभा निर्वाचनको परिणामलगत्तै बुधबार फोन संवाद भएको थियो । जहाँ मोदीले सपथमा आउन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार मोदीले तेस्रो कार्यकालको सपथ ग्रहणमा बंगलादेश, श्रीलंका, भुटान, नेपाल र मरिससका शीर्ष नेताहरु बोलाएका छन् ।

मोदीले तेस्रो कार्यकालको लागि शनिबार सपथ लिँदैछन् । मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गराउन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)का सबै दलले समर्थन पत्र बुझाएका छन् ।

मंगलबार सम्पन्न लोकसभा चुनावमा एनडीए गठबन्धनले २९३ सीट जितेको थियो । गठबन्धनका दलहरूबीच मोदीलाइ नै प्रधानमन्त्री बनाउने गरी सहमति भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!