राजनीतिक उथलपुथल नभए मधेशमा गत निर्वाचनबाट वैकल्पिक शक्तिको रूपमा देखापरेको जनमत पार्टीले मधेशको सत्ता नेतृत्व गर्दैछ । जनमतले साढे ६ वर्ष लगातार नेतृत्व गरेको जसपालाई सत्ताच्यूत गर्नेछ । पार्टी महासचिव चन्दन सिंहले मधेश समृद्धिको नेतृत्व गर्न जनमतबाट प्रदेश संसदीय दलका नेता महेश यादवले मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए ।

यादव मधेशका पूर्वशिक्षामन्त्री पनि हुन् । यादवले आफ्नो दल जनमत (१३), एमाले (२४ सभामुखबाहेक), माओवादी (९), लोसपा (८) र नेकपा एस (७) को समर्थन लिएर प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए । ‘जसपाबाहेकका सबै दल एक ठाउँमा आउँदैछौँ र सरकार गठन गर्दैछौँ’, उनले भने, ‘सर्वदलीयजस्तो देखिने सरकार मधेश समृद्धिको खाका बनाएर अघि बढ्छ ।’

उनले अल्पमतमा परेका जसपा मुख्यमन्त्री सरोजकुमार यादवले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । ‘२३ गते विश्वासको मत उहाँले पाउनुहुन्न । त्यो हामी पुष्टि गरिदिन्छौँ त्यही भएर उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ’, सिंहले भने । उनले जसपा नेतृत्वको मधेस सरकार भ्रष्टाचारको दलदलमा डुबेको पनि आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!