जनकपुरधाम । महालेखापरीक्षक कार्यालय मधेश प्रदेशले छैटौँ वार्षिक प्रतिवेदन मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पेश गरेको छ।

प्रदेश प्रमुखको निजी सचिवालय जनकपुरधाममा बुधवार महालेखापरीक्षक कार्यालयका सहसचिव एवं मधेश प्रदेश प्रमुख श्यामप्रसाद भण्डारीले प्रदेश प्रमुखको सचिवालयमा छैटौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई पेश गरे।

महालेखापरीक्षकको कार्यालयबाट तयार गरिएको नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख भण्डारीसमक्ष प्रदेश प्रमुखको निजी सचिवालयमा आयोजित समारोहमा आ.ब. २०७९।८० को मधेश प्रदेशको छैटौँ वार्षिक प्रतिवेदन पेश गरेका छन्।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भण्डारीले प्रतिवेदनको अध्ययन गरी प्रदेशमा आर्थिक सुशासन कायम गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिने बताइन्।

प्रदेश प्रमुख भण्डारीले अन्य प्रदेशको तुलनामा मधेशमा बेरुजु बढी हुनु चिन्ताको विषय भएको बताउँदै यस विषयमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउने समेत बताइन्।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएका विषय कार्यान्वयनले प्रदेशमा आर्थिक अनुशासन कायम गर्नमा ठूलो मद्दत पुग्ने प्रदेश प्रमुख भण्डारीले बताइन्।

प्रतिवेदन बुझाउँदै महालेखापरीक्षक कार्यालयका सहसचिव श्यामप्रसाद भण्डारीले मधेश प्रदेशमा बेरुजु बढ्नुमा म्याद नाघेको पेश्की नै प्रमुख कारण रहेको बताए।

कार्यक्रममा मधेश प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेल र महालेखा परीक्षकको कार्यालयका उपसचिव ताराप्रसाद सुवेदी लगायत सहभागी रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय