पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–५ स्थित होटलमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ७ वर्ष कान्छा युवक पक्राउ परेका छन् । बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय मुकेश महतो पक्राउ परेका हुन् ।
उनी बाराबाट पाल्पा गएका थिए । महिलाका श्रीमान् विदेशमा रहेको बताइएको छ ।
मुकेशले ती महिलालाई शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरी आइतबार परेको थियो । उजुरी लगतै युवकलाई प्रहरी चौकी ताँहु र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।