काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ७०० रुपैयाँ कायम भएको हो।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५० रुपैयाँ निर्धारण भएको छ। यसअघि, बुधबार छापावाल सुन १ लाख ४० हजार ५०० रुपैयाँ कायम रहेको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३९ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो।

यता, आज चाँदीको भाउ भने प्रतितोला ३५ रुपैयाँले घटेको छ। बुधबार १९ सय रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार प्रतितोला १८ सय ६५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!