काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ। उक्त दुर्घटनामा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको पनि मृत्यु भएको छ।
आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।

राष्ट्रपति रइसी, विदेशमन्त्री अब्दुल्लाहियानलगायत सवार हेलिकप्टर आइतबार इरानको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटना भएको थियो।




