
काठमाडौँ – भारतको हरियाणा शनिबार बिहान बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । ८ जनाको घटनास्थल र दुई जनाको अस्पतालमा मृत्यु भएको हो । यस दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।
प्रहरीले बसमा आगलागी हुँदा हाताहाती भएको जनाएको छ । कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर यो दुर्घटना भएको हो । बसमा करिब ६० जना सवार थिए । ती सबै चण्डीगढ र पञ्जाबका बासिन्दा हुन् । बसमा आगजनी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
