
उपप्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै नेविसंघले शुक्रबार दिउँसो संसद भवनअगाडि प्रदर्शन गरेको हो ।

माउ पार्टी कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग राखेर सदन अवरोध गर्दै आएको छ भने भ्रातृ संगठनहरू पनि सडक प्रदर्शनमा उत्रिएका छन् ।
संसद भवनको मूल गेटअगाडि नेविसंघले प्रदर्शन गरेपछि प्रहरीले केही नेविसंघका नेताहरूलाई पक्राउ गरेको छ । प्रहरीले बल प्रयोग गरी प्रदर्शनकारीलाई तितरवितरसमेत पारेको थियो ।