सिरहा । छिमेकी देश भारतबाट सिरहामा अवैध रुपमा कुखुराको तस्करी भईरहेको छ । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका युनिटहरुसँगको सेटिङ तस्करहरुले भारतबाट अवैध रुपमा कुखुरा ल्याउने गरेको छ । सीमा क्षेत्रको निगरानीको जिम्मेवारी बोकेको सशस्त्र प्रहरीसँग सेटिङ मिलेसँगै तस्करहरुले अवैध रुपमा पंक्षी र पंक्षीजन्य सामग्रीको आयात गर्दै आईरहेको छ ।

सिरहाको माडरमा क्वारेन्टाइन कार्यालय पनि छ । कार्यालय भएपनि तस्करहरुले भारतबाट दैनिक रुपमा ठूलो परिमाणमा कुखुरा ल्याउदै गरेको छ । नेपालमा भारतबाट कुखुरा ल्याउनमा रोक लगाईएको छ । त्यसका बाबजूत कुखुरा र चल्लाको तस्करी भईरहेको छ । सेटिङमा रातीराती ट्रयाक्टर, जीप समेतको प्रयोग गरी भारतबाट कुखुरा सीमा क्षेत्रमा ल्याएर राजमार्ग क्षेत्रमा समेत पुर्याउने गरेको छ । भारतबाट तस्करी गरी ल्याउने गरेको कुखुराको साईज ठूलो हुने भएकोले तस्करहरु सेटिङमा कुखुरा तस्करीमा सक्रिय भएको सिरहाका एक कुखुरा व्यवसायीले बताएका छन् ।
सुरक्षा निकायको मिलेमतोमा तस्करी मौलाउँदा त्यसको प्रत्यक्ष मारमा नेपाली कुखुरा पालक किसान भईरहेका छन् । भारतवाट सीमामा खटिदै आएका सशस्त्र प्रहरीसँगको मिलोमतोमा रातदिन तस्करहरूले अवैध बाटोबाट कुखुरा नेपाल भित्र्याउने गरेको विषयमा पटक–पटक स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराउँदा पनि कुनै फरक नपरेको कुखुरा पालक किसानहरुको भनाई रहेको छ ।

जिल्लाको दक्षिणीवर्ती क्षेत्रका कुखुरा पालन गर्ने भनेर खोलिएका अधिकांस कुखुरा फार्म अहिले भारतबाट ल्याउने गरेको कुखुराहरुले भरिभराउ रहने गर्छ । दिनमा कुखुरा नपाउने फार्ममा रातीमा तस्करी गरी कुखुरा ल्याएर भरिएको हुन्छ । त्यहाँबाट सदरमुकाम सिरहासँगै राजमार्गक्षेत्र र अन्य जिल्लामा पनि निर्यात गर्दै आएको एक किसानले बताएका छन् । ‘प्रहरी प्रशासन नै मिलेपछि कसको के लाग्छ,’ ती किसानले भने, ‘कुखुरा उत्पादनमा हामीलाई राज्यले सुविधा प्रदान गर्दैछनन् । जसले हाम्रो लागत बढ्छ । यता भारतबाट कुखुरा तस्करी गरिन्छ ।’
यो अवस्था रोक्न आफूहरुले जिल्ला प्रशासन, सशस्त्र प्रहरी सीमा सुरक्षा हेक्वा. गण नं. ७, जिल्ला प्रहरी कार्यालयमा पटकपट जानकारी गराएपनि कुनै सुनुवाई नभएको ती व्यवसायीको भनाई छ ।

यस्तो अवस्था सिरहामा मात्रै सिमित छैन् । मधेश प्रदेशका भारतसँग सीमा जोडिएका सप्तरी, धनुषा, महोत्तरी, सलार्ही, रौतहतट, बारा र पर्सा जिल्लामा समेत भारतबाट ठूलो परिमाणमा कुखुरा र तयारी मासु तस्करी हुँदै आईरहेको छ । सिरहाको मुख्य नाका माडर, अभयनगर, कचनारी, बरियारपट्टि, ठाढी लगायत नाकाबाट सशस्त्र प्रहरीकै मिलोमतोमा अवैध रुपमा कुखुरा नेपालमा तस्करी भईरहेको छ । जसले गर्दा नेपाली किसानहरुले लागतभन्दा सस्तोमा कुखुरा बेच्नु परेको छ । भारतीय बजारबाट ल्याएर जिउँदो कुखुरा प्रतिकिलो १८० देखि २ सय रुपैयाँमै तस्करले नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ भने नेपाली जिउँदो कुखुरा प्रतिकिलो २८० देखि ३ सय रुपैयाँ पर्छ । किलोमै एक सय रुपैयाँको अन्तर हुँदा तस्करी फस्ट्याएको छ ।

भारतबाट कुखुराको तस्करी गराउन तस्करहरुले साप्ताहिकदेखि मासिक रुपमा नै सुरक्षाकर्मीलाई मोटो रकम बुझाउँदै छ । भारतबाट ठूलो परिमाणमा कुखुरा नेपाल भित्र्याउनु र सशस्त्र प्रहरी बल ७ नम्बर गणका प्रमुख एसपी शिव गौरेको मुकर्दशक बन्नुले पनि तस्करीमा सशस्त्र प्रहरीको सेटिङ रहेको स्थानीय जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!