सिरहा । सिरहा जिल्लामा ट्राफिक प्रहरीको अराजकता छताछुल्ल भएको छ । जिल्लामा सुरक्षित रुपमा सवारी आवगमनको व्यवस्थापनमा जुट्नु पर्ने ट्राफिक प्रहरी अर्थ उर्पाजनमा लागेका छन् । पटक पटक ट्राफिक प्रहरीको विवादित हर्कत सार्वजनिक भईरहँदा सच्चिन सकिएको छैन् ।

सिरहाको मिर्चैया बजारदेखि पूर्वमा रहेको मारुती सिमेन्ट र पश्चिममा रहेको सौर्य सिमेन्ट उद्योगमा चुनढुङा बोक्ने हजारौं टिपर ओहोरदोहार गर्छन् । टिपरको क्षमता अनुसार र निर्धारित समयमा ओहरदोहर गर्नुपर्ने हुन्छ । त्यस विपरीत टिपर संचालनमा रहन्छ । झन् टिपरको क्षमता भन्दा वढी चुनढुङा बोकेर उद्योगमा पुग्ने गरेको छ । यस विषयमा मिर्चैयामा पटकपटक स्थानीयले विरोध गरेपनि ट्राफिक प्रहरीले मौनता प्रकट गर्छन् । यसरी मौनता प्रकट ट्राफिक प्रहरीले गत वैशाख ९ गते आईतबार साँझ ७ बजे करिब पाँच सय भन्दा बढी टिपरहरुलाई रोकेको थियो । ओभरलोड टिपर भएकोले रोकेको हुने अनुमान गरिएको थियो । तर कुरा अर्को रहेको थियो । जसको उत्तर अहिले पाईरहेको छ । खासमा टिपर व्यवसायी र ट्राफिक प्रहरी बिच कुरा मिलेपछि एकै दिन ३ सय बढी टिपरको जरीवना काटेर छाडेको थियो ।

त्यसपछि पुनः टिपर व्यवसायीहरुले अभर लोड गरी चलाउन थालेको छ । एकै दिन जरिवाना काटेका ट्राफिक प्रहरीले त्यसो गर्नुको कारण चैं मासिक रुपमा रकम बुझाउन ढिलाई भएकोले हो । अहिले ट्राफिक प्रहरीले पाउने मासिक अवैध रकम उठाई सकेकोले फेरी ओभरलोड टिपर संचालनमा रहेको छ । एक टिपर संचालकले सिरहाका जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख डम्बर बहादुर पुरीलाई मासिक रकम बुझाएपछि अभर लोड टिपर संचालनमा कुनै रोकटोक नभएको बताएका छन् । ‘हामीले पैसा बुझाउन ढिलो हुँदा ट्राफिक प्रहरीले दबाब दिन गाडी रोक्यो । अहिले सबै कुरा मिलिसकेको छ । हामीले दिनुपर्ने रकम दिई सकेका छौं ।’, ती व्यवसायीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।

मासिक २ देखि ५ हजार
जिल्लामा ठूला उद्योगमा चल्ने टिपरदेखि निर्माण सामग्री बोकेर गुड्ने टिपरका संचालकहरुले ट्राफिक प्रहरीलाई मासिक रुपमा रकम बुझाउनु पर्छ । मासिक रुपमा रकम बुझाउँदा ओभरलोड गरी सामग्री बोकेर ओहोरदोहर गर्न पाईन्छ । त्यही भएर जिल्लामा रहेका टिपर संचालकहरुले ट्राफिक प्रहरीलाई मासिक २ हजार देखि पाँच हजार रुपैयाँसम्म बुझाउने गरेका छन् ।

एक हजार वढी टिपर चुनढुङा बोक्दै
सिरहामा रहेको मारुती सिमेन्ट उद्योग र सौर्या सिमेन्ट उद्योगलाई चाहिने कच्चा पदार्थको रुपमा रहेको चुनढुङा छिमेकी जिल्ला उदयपुरबाट टिपरमा आउँछ । मिर्चैया–कटारी सडकखण्डमा मारुती र सौर्य सिमेन्टका चुन ढुङा बोक्ने टिपर अहिले दैनिक १ हजार भन्दा बढि संचालनमा रहेको छ । ओभरलोड, सवारी चालक अनुमति पत्र नलिइकन सवारी चलाउनु र सडकको जीर्ण अबस्थाका कारण दुर्घटनाको जोखिम उच्च रहेको छ । १ हजार देखि १२ सय टिपर मिर्चैया चुनढुङा लिएर आईपुग्छ ।
सिरहामा कार्यरत एक ट्राफिक प्रहरीका अनुसार टिपरहरुले समान्यतया १३ टन बोक्ने अनुमति पाएका छन् । त्यस विपरीत ३५÷३६ टनसम्म चुनढुङ्गा बेकेको ल्याउने गरेको छ । हिउँदका बेला सिमेन्ट उद्योगहरूले चुनढुङ्गा ओसार्ने गर्दछन् । वजनका हिसावले ओसारपोसारको भाडा पाइने भएकाले टिपर व्यवसायीहरूले क्षमताभन्दा बढी ओसार पोसार गर्दै गरेका सर्वसाधारणको गुनासो छ । यसरी ओभरलोड भएको टिपरबाट ढुङ्गा झरेर कतिपय गाडीबला गाडीको सिसा फुटने गरेको छ भने कतिपयलाई चोटपटक समेत लाग्ने गरेको छ ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका प्रमुख डम्बर पुरीका अनुसार सिन्धुलीको काकुर खोलाबाट उदयपुरको कटारी नगरपालिका हुदै मिर्चैया ल्याउने गरेको बताएका छन् । अभरलोड नियन्त्रण गर्ने काम उदयपुर ट्राफिकले नगरेसम्म सिरहा ट्राफिकसँग सम्भव नहुने भन्दै पन्छिन खोजेका छन् । अभरलोड विषयमा उदयपुर ट्राफिक सित सहकार्य भएको तर उदयपुर ट्राफिकले केही वास्ता नगरेको भन्दै प्रहरी निरिक्षक पुरीले आफुहरुले वेलावखत ओभरलोड गरेका टिपरहरुलाई कारवाही गर्ने गरेको दावी गरेका छन् । आफूले टिपर व्यवसायीसँग कुनै रकम नलिएको दावी गर्दै प्रहरी निरिक्षक पुरीले सिमित स्रोत साधनले नियन्त्रणमा लिने प्रयास गरेको बताएका छन् ।
यता मासिक रुपमा रकम बुझाउने टिपर व्यवसायीहरुले ओभरलोड गरी सामग्री नबोक्दा आफूहरुलाई घाटा हुने बताएका छन् । इन्धनको मूल्य लगायतका हरेक दृष्टिकोणबाट केही कमाउन टिपर व्यवसायीहरुले ट्राफिक प्रहरीलाई मिलाएर नै अगाडी बढ्नु पर्ने बाध्यता भएको ती व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!