सिरहा । सिरहा प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक रमेश पण्डित आएका छन् । पण्डित जिल्ला प्रहरी कार्यालय सिरहामा हाजिर भएका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी कर्मचारीहरूले स्वागत गरेका थिए । प्रदेश प्रहरी कार्यालय भैरहवाबाट जिल्ला प्रहरी कार्यालय सिरहामा काज सरुवा भई पण्डित जिल्ला प्रहरी कार्यालय सिरहामा प्रमुख भएर आएका हुन् ।

यसअघि सिरहाका प्रहरी प्रमुखमा सन्तोष आचार्य थिए ।



