काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन प्रस्ताव गरेका छन् ।

नेताहरूले शुक्रबार बिहान बसेको संसदीय दलको बैठकमा लामिछानेलाई बोल्न दिन प्रस्ताव गरेका हुन् । तर अधिकांश सांसदले मानेका छैनन् ।

उनीहरूले बोल्न नदिने, यदि दिइहाले उपप्रधान एवम् गृहमन्त्रीका रूपमा नभइ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिका रूपमा मात्रै बोल्न दिन सुझाव दिएका छन् ।

एक सांसदले भने, “शीर्ष नेताहरूले बोल्न दिने भनेर प्रस्ताव राख्नुभएको छ । तर, धेरै साथीहरूले मान्नुभएको छैन ।”

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरूलाई लामिछानेलाई एकपटक संसद्‌मा बोल्न दिन आग्रह गरेका थिए ।

कांग्रेसले लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएको भन्दै उनीमाथि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । तर, त्यसलाई सत्तापक्षीय दलहरूले टार्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय