वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाको अन्तिम खेलमा नेपालले ६ विकेटको सहज जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि प्रारम्भिक व्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ३५ बलमा दुई चौका र पाँच छक्का प्रहार गरी ५१ रन बनाए।

त्यस्तै, अनिल साहले पनि नेपालका लागि अर्धशतक प्रहार गरे। उनले ४५ बलमा चार चौका र चार छक्का प्रहार गरी ५८ रन जोडे। नेपालका लागि कुशल मल्लले ३७ र कुशल भुर्तेलले १३ रन बनाए।

वेस्ट इन्डिजका लागि ओबेड म्याक्वेले तीन र म्याथ्यु फोर्डले एक विकेट लिए। अन्य बलर महंगा सावित भए।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले सात विकेटको क्षतिमा १७२ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि एलिक एन्थेनेजले ४२, रोस्टोन चेसले ३३, जोनसन चार्ल्सले २४ र म्याथ्यु फोर्डले २३ रन बनाए।

नेपालका लागि सागर ढकाल र सोमपाल कामीले कसिलो बलिङ गरे। दुवै जनाले तीन-तीन विकेट लिए। त्यस्तै, अविनाश बोहराले एक विकेट लिए।

नेपालले अन्तिम खेल जिते पनि टी-२० शृङ्खला भने वेस्ट इन्डिजले जितेको छ। पाँच खेलको शृङ्खलामा तीन खेल वेस्ट इन्डिजले र दुई खेल नेपालले जितेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय