सिरहा ।  सिरहा नगरपालिका १५ सुकचैनामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोड्ने क्रममा करेन्ट लागेर स्थानीय ३५ वर्षीय रञ्जितकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

करेन्ट लागेर मृत्यु भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाले घटनास्थलमा मुचुल्का तयार पारी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय