सिरहा । सिरहा नगरपालिकाले नगरक्षेत्रभित्र संचालनमा रहेको नीजी (संस्थागत) विद्यालयलाई ७ फागुनमा गरिएको सहमती कार्यान्वयन गर्न ताकेता गरेको छ ।

चालू शैक्षिक शत्रदेखी सिरहा नगरक्षेत्रका संस्थागत विद्यालयहरुमा पाठ्यपुस्तकमा एकरुपता ल्याउनुपर्ने, बाल कक्षादेखी कक्षा १० सम्म निर्धारण गरिएको शुल्क, विद्यालयमा कार्यरत शिक्षकहरुको तलव सहितको विवरण र निर्धारित छात्रवृत्ति कसकसले पाएको भन्ने विवरण समेत माग गरेको छ । गत फागुन ७ मा भएको निर्णयकै आधारमा संस्थागत विद्यालयहरुले पाठ्यपुस्तकमा एकरुपता ल्याउने, कुन कुन विद्यालयले कति प्रतिशत छात्रवृत्ति कसकसलाई प्रदान गरेको भन्ने नामनामेसी विवरण माग गरेको हो ।

सिरहा नगरपालिकाभित्र संचालनमा रहेका सवै संस्थागत विद्यालयमा पाठयपुस्तकमा एकरुपता ल्याउने विगत भएको निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा ताकेता गरिएको सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताएका छन् । गत वैशाख ६ मा पाठयपुस्तक एकरुपता सम्बन्धमा पत्र काटेको भन्दै प्रमुख प्रशासकीय अधिकृत यादवले आवश्यक थप विवरण नगरपालिकालाई बुझाउन बैशाख १४ मा अर्को पत्र पठाईएको बताए । सिरहा नगरपालिकाका मेयर डा नवीन कुमार यादवले शिक्षामा व्यापक सुधार ल्याउन विशेष ध्यान दिएको र उहाँको निर्देशन अनुसार सिरहा नगरपालिका क्षेत्रमा शिक्षालाई विशेष प्याकेजको रुपमा अघि बढाउन लागिएको भन्दै प्रमुख प्रशासकीय यादवले कुनैपनी संस्थागत विद्यालय स्थानीय कानूनले पालना गर्नवाट पन्छिन नमिल्ने बताएका छन् ।

सिरहा नगरपालिकाले वैशाख १४ मा पठाएको पत्र अनुसारको विवरण अगामी वैशाख २१ गतेभित्र नगरपालिकाको शिक्षा शाखामा बुझाउन निर्देशन समेत दिएको छ । सिरहामा रहेका अधिकास संस्थागत विद्यालयहरु अभिभावकलाई ठग्ने गरेको, पुस्तक खरिदको बहानामा कमिसन ५० प्रतिशत वढी लिने गरेको, कानुन अनुसार दिनुपर्ने छात्रवृत्ति प्रदान नगरेको विषय बारम्बार उठेपछि पहिलो पटक सिरहा नगरपालिका सशक्त रुपमा कार्यान्वयन गराउनमा केन्द्रित भएको स्थानीय मनोज मण्डलले बताएका छन् । अभिभावकलाई आर्थिक भार थप्न उद्द्त रहेको नीजी विद्यालयहरु नगरपालिकाको नियमन पर्ने भएपछि नीजी विद्यालयमा हुने गरेको वेतिथी अन्त गर्न मद्दत मिल्ने जानकारहरु बताउछन् ।

यस्तो छ नगरपालिकाको ताकेता :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय