मधेश प्रदेशसभा बैठकबाट जनमत पार्टीका संसदीय दलका नेता महेश यादवलाई सभामुख रामचन्द्र मण्डलले निष्कासन गरेपछि नेपाली कांग्रेस र लोसपाले प्रदेशसभा बैठक बहिष्कार गरेका छन् ।

काग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले बैठक बहिष्कार गरेपछि लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद उपेन्द्र महतोले संसद्मा प्रतिपक्ष नभएपछि आफूहरूले पनि बैठक बहिष्कार गर्ने बताएका थिए ।

धकेलाधकेलबीच रोस्ट्रम जाने बाटो बदलेर मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मतका लागि प्रस्ताव पेस गरेपछि मधेश प्रदेशसभामा विवाद उत्पन्न भएको हो । सांसदहरूले सभामुखको माइक र बत्तीसमेतमा तोडफोड गरेका थिए ।

जनमत, कांग्रेस र लोसपाले प्रदेशसभा बैठक बहिष्कार गरे पनि सभामुख मण्डलले मुख्यमन्त्री यादवले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई अगाडि बढाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!