काठमाडौं, ४ वैशाख । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अभियोजन हुनुपर्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सत्तामा भएका कारणले वा राजनीतिक पद र प्रतिष्ठामा भएका कारणले कुनै पनि दोषीले उन्मुक्ति पाउन नहुने बताए ।

बुटवलको सुप्रिम सहकारी ठगीमा पनि उपप्रधान एवं गृहमन्त्रीको नाम मुछिएको उल्लेख गर्दै उनले आफूले उक्त मिसिल हेर्ने र त्यसपछि मात्रै बोल्ने बताए ।

‘शासन व्यक्तिको होईन, विधिको हुनुपर्छ भन्ने लोकतन्त्रको मूलभूत मान्यता हो । यो मूलभूत मान्यताभित्र हामी छौं भने कुनै पनि व्यक्ति, चाहे गृहमन्त्री हुन्, चाहे उपप्रधानमन्त्री हुन्, जोसुकै व्यक्ति पनि यदि दोषी देखिन्छन् र अनुसन्धानमा उनले पैसा लिएको, नतिरेको देखिन्छ र ठगी हुन्छ भने मुद्दा अभियोजन हुनुपर्छ ।’ उनले भने, ‘कारबाहीको दायरामा आउनुपर्छ । दोषी छन् भने कुनै पनि हिसाबले छुट दिने गरी हामी अगाडि बढ्यौं भने लोकतान्त्रिक मूल्य मान्यता ह्रस भएर जान्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!