सिरहा नगरपालिका

सिरहा । सिरहा नगरपालिकामा बसोबास गर्दै आएका मलाहा समुदायलाई माछा मारेर जीविकोपार्जन गर्न जाल वितरण गरिएको छ । नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मलाहा समुदायलाई आइतबार जीवनस्तर उकास्न माछा मार्ने जाल वितरण गरिएको हो । वडा नम्बर २२ हकपारामा माछा मार्ने जाल हस्तान्तरण भएको छ ।

मलाहा समुदायलाई सिरहा नगरपालिकाकी उपमेयर बविता कुमारी साहले सो उपकरण वितरण गरेका हुन् । हस्तान्तरणपछि बोल्दै उपमेयर साहले नगरवासीलाई दक्ष बनाई आत्मनिर्भर बनाउन यस्तो कार्यक्रम ल्याइएको बताईन । उनले नगरवासीको मागको आधारमा तालिम दिई आवश्यक यन्त्र उपकरण उपलब्ध गराउँदै आएको जानकारी दिए । उपमेयर साहले आगामी दिनमा कार्यक्रममार्फत मलाहा समुदायलाई थप प्रविधि उपकरण हस्तान्तरण गरिने प्रतिबद्धता गरे ।

आर्थिक वर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत नेपाल सरकारको सशर्त कार्यक्रम तर्फ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत माछा मार्ने जाल सहयोग गरिएको वरिष्ठ उद्यम विकास सहजकर्ता पवन कुमार अधिकारीले जानकारी दिए ।
नगरपालिकाको ८० प्रतिशत अनुदान र समूहको २० प्रतिशत लागत साझेदारीमा प्रविधि हस्तान्तरण गरिएको अधिकारीले बताए । वडा नं २२ स्थित हकपारामा लघुउद्यमी समूहलाई रु ८४ हजार मूल्य बराबरको उपकरण सहयोग गरिएको छ ।

गरिबी निवारणका लागि लघुउद्यम विकास (मेड्पा) कार्यक्रममार्फत नयाँ उद्यमी सिर्जना गर्दै सीप सिकाएर उनीहरूलाई उपकरण हस्तान्तरण गरिएको अधिकारीले बताए ।
‘लघु उद्यम विकास कार्यक्रममार्फत उद्यमीलाई विभिन्न तालिम प्रदान गरेपछि उपकरण हस्तान्तरण गरेका हौँ’, अधिकारीले भने ।
सो कार्यक्रममा सिरहा नगरपालिकाकी उपमेयर बविता कुमारी साह, सोही वडाका वडाध्यक्ष जिवछ नारायण यादव, वडा सदस्य, महिला सदस्य, दलित महिला सदस्य लगायत स्थानीय, बुद्धिजिवी, समाजसेवी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय