सिरहा । डढेलोमा जलेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जंगलमा लागेको आगोले घाइते भएकी डोटीको शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।
कुलो खन्न गएकी भण्डारी बिहिबार डढेलो(Wildfire)मा जलेर घाइते भएकी थिइन् । उपचारको क्रममा उनको आज बिहान मृत्यु भएको हो ।





