धनकुटा समाचारदाता
धनकुटा, १५ चैत्त । ग्याँस लोड गर्दै गरेका चालकको पिकअपको ठक्करबाट मृत्यु भएको छ ।
धनकुटा नगरपालिका–६ स्थित कोल्डस्टोरमा बिहिबार पिकअपले ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दै गरेका ट्रक चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिरहाको गोलबजार घर भई धनकुटा नगरपालिका–९ स्थित गुठिटार बस्ने ३० बर्षीय निरज ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
विहिवार दिउसो करिव साढे १ बजे सिधुवाबाट धनकुटा आउँदै गरेको बा.प्र.०१–०२६ च ८९९२ नम्बरको पिकअपले सडकमा रोकेर ग्यास लोड गर्दै गरेको बा.प्र.०१–००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिदा उक्त ठक्करबाट ग्याँस लोड गर्दै गरेका चालक ट्रक माथिबाट खस्दा घटनास्थलमै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि पिकअप चालक धादिङको सिद्धलेख गाउँपालिका–३ का ३८ बर्षीय चेत बहादुर विशुँखे र पिकअपलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय