सिरहा । जिल्ला विपत् व्यवस्थापन समिति सिरहाको आयोजनामा आगलागी सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ ।

नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल पुलिसले संयुक्त रुपमा डेमो प्रदर्शन गरेका थिए ।
सदरमुकाम सिरहामा रहेको सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसको खेल मैदानमा बुधबार आगलागीसम्बन्धी डेमो प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए ।

कृत्रिम भए पनि घटनालाई वास्तविकजस्तै बनाइएको थियो । क्याम्पसको खेल मैदानमा आगलागीको कृत्रिम घटना गराई नियन्त्रणका लागि पूर्वअभ्यास गरिएको हो । हावाहुरीको समय भएको र आगलागीका घटना भइरहने हुँदा यसबाट बच्ने उपायसहित पूर्व अभ्यास गरिएको चोहर्वा ब्यारेकका प्रमुख विष्णु कार्कीले बताए ।

घटनामा तीनवटै सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रण, उद्धार तथा घाइतेहरुको उपचारको व्यवस्था गरिएको थियो ।
घटना नदोहो¥याउन तथा भइहाले घटनालाई कमभन्दा कम क्षतिमा न्यूनीकरण गर्न, सुरक्षाकर्मीसँग भएका आवश्यक सरसमान परिचालन गर्ने, अपुग तथा नपुगेका सरसमानको व्यवस्थापन गर्ने पूर्वतयारीका लागि जिल्लाका सुरक्षा निकायले पूर्वअभ्यास कार्यक्रम गरेको हो ।

आगलागीको जोखिम भएकाले स्थानीयलाई सुसूचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला विपत् व्यवस्थापन समिति सिरहाले जनाएको छ ।
कृत्रिम घटना अभ्यास अवलोकन गरेपछि आगलागीका बारेमा धेरै जानकारी प्राप्त भएको अवलोकन गर्न आएकी बोर्डिङ स्कुलकी एक छात्राले बताइन् । ‘आगलागी भएमा नआत्तिकन उद्धारमा लाग्नुपर्ने रहेछ’, ‘उनले भनिन्, ‘दमकललाई बोलाउनुपर्ने रहेछ ।’

कार्यक्रममा सिरहा नगरपालिका उपप्रमुख बबिता कुमारी साह, प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, सुरक्षा निकायका प्रमुख, रेडक्रसको टिम, पत्रकार, विद्यार्थीलगायत स्थानीयको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय