सिरहा । आन्तरिक राजश्व कार्यालय लहानले उद्योगमा सिलबन्दी गरेपछि सिराहाको शारदा डिस्टिलरीका मालिक प्रमोद गोयन्का फरार भएका छन् । गोलबजार नगरपालिका-९ मा रहेको शारदा डिस्टिलरीले आन्तरिक राजस्व विभागको स्टिकरलाई दुई टुक्रा पारेर प्रयोग गरी राजस्व छली गरेको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख पुन्य रिजालले जानकारी दिए । अनुसन्धानका क्रममा राजस्व कार्यालयले उनलाई बयानका लागि बोलाउदा उनी फरार भएकाे लहानका प्रमुख रिजालले बताए । राजस्व कार्यालयले उद्योग र माडस्थित गोदाम सिल गरेर यस विषयमा अनुसन्धान गरिरहेको छ । राजस्व छलीमा कारबाहीमा परिने भएपछि उनी भारत भागेको आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय