काठमाडौँ- रसुवा केन्द्रविन्दु भएर आइतबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान पौने १० बजे रसुवाको जुरे ढुंगा केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

मापन केन्द्रका अनुसार आज गएको भूकम्पको धक्का २०७२ सालको गोरखा भूकम्पकै परकम्प हो ।

चार म्याग्निच्युडदेखि माथिका गोरखा भूकम्पका परकम्प अहिलेसम्म ५९६ पटक गएको केन्द्रले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति भएको नपाइएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय