धनकुटाफग । पारिवारिक निजि वन संघ, नेपाल धनकुटाको तेस्रो जिल्ला अधिवेसन शनिवार धनकुटा स्थित पाख्रिबासमा सम्पन्न भएको छ ।
पारिवारिक निजि वन संघ नेपाल कोशी प्रदेश अध्यक्ष गोपाल भट्टराईको प्रमुख आतिथ्यता एवं पारिवारिक निजि वन संघ, नेपाल धनकुटाका जिल्ला अध्यक्ष यज्ञ बहादुर राईको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।
फेकोफन धनकुटाका अध्यक्ष विशेष अतिथि निल बहादुर थापाले अधिवेसनमा वोल्नु हुदै वन क्षेत्रलाई व्यवस्थित रूपले अगाडि बढाउन डालेघाँस, दाउरा, रूख अन्य आयमुलक सँग जोड्नु आवश्यक रहेको बताउनु भयो ।
संघमा आवद्द हुन कम्तिमा जग्गामा ५०÷६० गोटा विरूवा हुन आवश्यक रहेको कार्यक्रम सञ्चालनका क्रममा दिपेन्द्र गौतमले जानकारी गराउनु भयो ।
आफुले लगाएको विरूवा आफुखुसि कुनै झन्झट विना विक्रि बितरण गर्न सकियोस भन्ने उद्देश्यले केन्द्र मार्फत ७५ जिल्लामा संघ दर्ता गरी अगाडि बढिरहेको प्रदेश अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
धान बेचे जस्तै गरेर साल, सखुवा, खयर पनि विक्रिवितरण गर्न पाउनु पर्ने माग गर्दै पारिवारिक निजि वन संघ, नेपाल धनकुटाले तेस्रो अधिवेसन सम्पन्न गरेको हो ।
प्रदेश अध्यक्ष गोपाल भट्राईको संयोजकत्वमा फेकोफन धनकुटाका अध्यक्ष नील बहादुर थापा, तोर्ण बहादुर खपाङ्गी तीन सदस्यिय निर्वाचन टोलिले दिपेन्द्र गौतमको अध्यक्षतामा २१ सदस्य जिल्ला कार्य समिति चयन गरेको छ ।





