जनकपुरधाम । धनुषा ४ बाट निर्वाचित रधुवीर महासेठ भौतिक योजना तथा निर्माण मन्त्री बनेपछि गृह नगरमा दिपावली मनाइएको छ ।
महासेठ बुधबार मन्त्री बनेपछि खुशीयालीमा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगरस्थित मुख्य चोकमा नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता कार्यकर्ताहरुले दिप प्रज्वलन गरेका छन् । क्षिरेश्वरनाथ नगरपालिकाका नगर अध्यक्ष अनिलकुमार चौधरीो अगुवाइमा दिप प्रज्वलन गरिएको छ ।

पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्दै उनी मन्त्री बनेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उनी दोश्रो दर्जाको उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माण मन्त्रीका रुपमा नियुक्त भएका हुन् ।
नेकपा एमालेका प्रभावशाली नेतासमेत महासेठ यसअघि उपप्रधान र परराष्ट्र मन्त्री, भौतिक पूर्वाधार मन्त्री, सिञ्चाई मन्त्रीको भूमिकामा रहिसकेका छन् ।



