सिरहा । सिरहा नगरपालिकावडा नम्बर २१ लगडी गोठमा श्री मद्भागवत गीता महापुराण कथा शुक्रवारदेखि सुरु भएको छ । श्री मद्भागवत गीता महापुराण कथामा बाजागाजासहित निकालिएको कलश यात्रामा भक्तजनको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

सिरहा नगरपालिका वडा नम्बर २१ लगडी गोठमा रहेको महादेव बाबा मन्दिरको सर्वाङ्गीण विकास एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले श्री मद्भागवत गीता महापुराण कथा शुरु भएको छ । महायज्ञ शुरुहुनु पूर्व शुक्रवार विहान कलश यात्रा गरिएको छ ।

स्थानीय समाजसेवि एवं सिरहा नगरपालिका वडा नं. २१ का वडाअध्यक्ष सुरेन्द्र मंडलले शान्ति र मेलमिलाप बिना समाज अगाडि वढ्न नसक्ने भन्दै मान्छेले अहङकार, लोभ, ईश्या त्याग्नु पर्ने वताउदै संस्कृति र धर्मको रक्षा एवं जगेर्ना गर्नकै लागि भए पनि ज्ञान महायज्ञ गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!