सिरहा । सिरहा नगरपालिकाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार देखि सुरु भएको छ । सदरमुकाम स्थित रहेको सूर्य नारायण सत्य नारायण मोरबैता यादव बहुमुखी क्याम्पस सिरहाको खेलमैदानमा बुधबार देखि प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवले गरे । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा यादवले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए । राष्ट्रियस्तरको प्रतियोगिता जितेर आउने विद्यार्थीलाई नगरले पुरस्कृत गर्ने उनले घोषणा गरे ।

नगरका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजकले बताए । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स (दौड), लङजम्प, ज्याभलिङ थ्रो, सटफुट लगायतका खेल समावेश गरिएको छ । प्रतियोगितामा नगरपालिकाभित्रका चन्द्र नमूना माध्यमिक विद्यालय सिरहा, मा.वि. रमौल, बहिरा मावि सिरहा, बाल मन्दिर सिरहा, मावि सन्हैठा, जमावि लक्ष्मिनिया, ब्र.झ. मावि माडर गरी ७ सामुदायिक र माउन्ट एभरेष्ट बोडिङ्ग स्कुल सिरहा, ह्याप्पी ल्याण्ड ईगलिस स्कुल सिरहा, बाल एजुकेशन ईगलिस बोर्डिङ्ग स्कुल सिरहा, एभरग्रिन ईगलिस बोर्डिङ्ग स्कुल सिरहा, जेम्स ईगसिल बोर्डिङ्ग स्कुल सिरहा र मोर्निङ्ग पल ईगलिस बोर्डिङ्ग स्कुल सिरहा गरी ६ संस्थागत विद्यालय गरी कुल १३ विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!